अर्थ

प्रतितोला ४ सय रुपैयाँले घट्यो सुनको मूल्य

Banner

काठमडौं, भदौ ७-

नेपाली बजारमा सुनचाँदीको भाउमा गत शुक्रबारको तुलनामा तोलामा चार सय रुपैयाँले गिरावट आएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि छापावाल सुन तोलाको ९८ हजार ४ सय रुपैयाँ कायम गरेको छ । गत शुक्रबार ९८ हजार ८ सयमा छापावाल सुनको कारोबार भएको थियो ।

यस्तै तेजाबी सुनको भाउ पनि घटेर तोलाको ९७ हजार ९ सय रुपैयाँ कायम भएको छ । गत शुक्रबार तोलाको ९८ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले गिरावट आएको छ । चाँदी आइतबार तोलाको १३ सय ४५ रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>