देश/प्रदेश
विश्वभर एकसाथ जिमेल सेवामा समस्या
०

चितवन, भदौं, ४-
विश्वर बिहीबार जिमेलमा समस्या आएको छ ।
यस्तो समस्या भोग्ने तपाईं मात्रै भने होइन । थुप्रै देशका मानिसहरुले जि सुट सर्भिस विशेषगरी विश्वको सबैभन्दा लोकप्रिय इमेल सर्भिस जिमेल प्रयोगमा समस्या भोग्नुपरेको छ ।
जिमेल र गुगल ड्राइभमा समस्या देखिएको बारे जानकारी भएको कम्पनीले जनाएको छ । पछिल्लो एक घण्टाभित्र ट्विटर र डाउन डिटेक्टरमा हज्जारौं यसबारे रिपोर्ट गरेका छन् ।
प्रयोगकर्ताले इमेल पठाउन त मिल्ने तर जब फाइल अट्याच गर्नुपर्छ तब अपलोड प्रक्रिया निकै ढिलो हुने, यदि यो पूरा भइहालेछ भने पनि नेटवर्कको समस्या देखाउँदै इरर मेसेज देखिने गर्छ । यस्तै समस्या थुप्रैले सामना गरिरहेको बताइन्छ । गुगलको स्टेटस पेजमा समस्याबारे अनुसन्धान भइरहेको र चाँडोभन्दा चाँडो समस्या समाधान गर्ने जानकारी दिइएको छ ।
(एजेन्सीको सहयोगमा)
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























