गण्डकी

देवघाट क्षेत्रमा थप एक संक्रमित थपिए

Banner

सुवास लामिछाने

देवघाट, भदौं ३-

तनहुँ जिल्लाको देवघाट गाउँपालिकामा थप एक कोरोना संक्रमित थपिएका छन् ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षण अनुसार देवघाट गाउँपालिका–५ का २७ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको देवघाट गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रदिपकुमार वुढाथोकीले जानकारी दिनुभयो । देवघाट गाउँपालिकाका ४३ जनाको स्वाब संकलन गरी परिक्षणको लागि पठाइएकोमा आज एक जनाको रिर्पाेट नेगेटिभ आएको हो ।

यसअघि देवघाट गाउँपालिका–५ का दुई जना ५४ र ३० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो । समुदायका व्यक्तिमा कोरोना पुष्टि भएपछि गाउँपालिकाले कन्ट्याक्ट ट्रेसिङका आधारमा केही दिन पहिला ३८ जनाको स्वाब भरतपुरमा परीक्षण गरेको थियो । ती सबैको रिपोर्ट नेगेटिभ आएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>