साहित्य

कविता: ‘बा’

Banner

इन्द्र रेग्मी 

खोंच खोलामा जन्मिए
वन पाखामा हुर्किए
डिल कान्लामा उफ्रिए
डण्डी बियो खेले
जात्रामा दगुरे
गाउंका पुजामा नाचे
भजन गाए
बालन भट्ट्याए
भोट मधेस गरे
नुन मटितेल ओसारे
कहिले काहिं
नया लुगा पनि फेरे
छिमेकिको दरबानी गरे
कम्पनी दाम पनि भित्र्याए
तर बा ले
गाउंले हुन कि शहरिया
शासक वर्गको ‘हो’ मा ‘हो’ मिसाएनन
आफ्नो ईज्जत कहिले  पनि
उनीहरुका दैलोमा बिसाएनन
प्रकृतिको चक्रलाई धानी राख्न
गर्नु पर्ने सबै गरे
र त
यो धर्ती बांचि रह्यो
आफ्नो पुर्ख्यौली निष्ठा सांचि रह्यो
यस्ता ‘बा’हरू सबैलाई
दुवै हात जोड़ी
नमन छ मेरो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>