कर्पोरेट

एनआईसी एशिया बैँकको ऋणका लागि खल्ती वालेटबाट आवेदन दिन सकिने

Banner

चितवन, भदौं ३-

बैँक ऋण लिन चाहने ग्राहकले खल्ती डिजिटल वालेटमार्फत् एनआइसी एशिया बैंकको सुपर चमत्कारिक कर्जाका लागि आवेदन दिन पाउने भएका छन् ।

बैँकले प्रेषित गरेको विज्ञप्तिमा एनआईसी एशिया बैँकले ८.२५ प्रतिशत वार्षिक ब्याजदरमा ४८ घण्टामै कर्जाको निर्णय गर्ने गरी घर, सवारी र व्यवसाय कर्जा योजना ल्याएको जनाएको छ । ती कर्जामा अन्य बैंकका कर्जा पनि स्वाप गर्न मिल्ने, पहिलो वर्ष ब्याजदर परिवर्तन नहुने, प्रशासनिक शुल्क शून्य दशमलब २५ प्रतिशतमात्रै लाग्ने बैँकले जनाएको छ ।

खल्ती डिजिटल वालेटका प्रयोगकर्ताले वालेटमा रहेको एनआईसी एशिया बैंक सुपर चमत्कारिक कर्जाको आइकनमा ट्याप गरेर ती तीन प्रकारका कर्जामध्ये आफूलाई चाहिएको कर्जाका लागि आवेदन दिन सक्ने विज्ञप्तिमा उल्लेख छ ।

खल्तीले एपमार्फत ऋण लिन चाहने बैँकका ग्राहकको आवेदन संकलन गर्ने मात्रै काम गर्ने छ । संकलित आवेदनहरू थप प्रक्रियाका लागि एनआइसी एशिया बैंकमा पठाइदिने बैँकले जनाएको छ । खल्तीसँगको सहकार्यले अब ऋण चाहिने ग्राहकले बैंकका शाखा कार्यालयहरूमा धाउनु पर्ने अवस्थाको अन्त्य भएको एनआईसी एशिया बैँकले जनाएको छ । ग्राहकले खल्ती मार्फत् ऋणको लागि आवेदन गरेपछि बैँकले आफैं थप प्रक्रियाका लागि ग्राहकसँग सम्पर्क गर्ने छ । यसले गर्दा बैँकको पहुँच विस्तार भएको र ग्राहकले पनि घरमै बसेर ऋण लिन सक्ने बैँकले जनाएको छ ।

खल्ती डिजिटल वालेट नेपालको लोकप्रिय पेमेन्ट गेटवे हो । खल्ती वालेटको प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, चलचित्र टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ गर्ने, ई–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ । खल्ती का प्रयोगकर्ताहरुको संख्या १३ लाखभन्दा बढी छ ।

कसरी डाउनलोड गर्ने खल्ती एप ?

बैँकले विज्ञप्तिमा खल्ती एन्ड्रोइड प्ले स्टोर, एप्पल एप स्टोर र खल्ती डटकमबाट डाउनलोड गर्न र उपलब्ध सबै सेवाहरुको अनलाइन भुक्तानी गर्न सकिने जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>