इच्छकामना

मुग्लिन हाइवे हस्पिटलको मेडिकल अफिसरमा डा. आचार्य

Banner

विनोद श्रेष्ठ

चितवन, भदौं २-

    इच्छाकामना गाउँपालिका–५ स्थित मुग्लिङ हाइवे हस्पिटलको मेडिकल अफिसरको रुपमा डा. आनन्दप्रसाद आचार्य नियुक्त हुनुभएको छ । उहाँले आज कार्यभार पनि सम्हाल्नु भएको छ ।

सरकारी छात्रवृत्तिमा एमबीबीएस गर्नु भएको डा. आचार्य रामेछाप जिल्ला अस्पतालमा २ वर्ष मेडिकल अफिसरको रुपमा काम गरिसक्नु भएको हो ।

    मुग्लिङ हाइवे हस्पिटलका अध्यक्ष रामबहादुर लामाले हस्पिटलका सञ्चालक सदस्यहरु तथा हस्पिटलका कर्मचारीहरुकोे उपस्थितिमा एक कार्यक्रमको आयोजना गरी  डा. आचार्यलाई मेडिकल अफिसरको रुपमा खादा लगाई पदभार ग्रहण गराउनु भएको हो।  एक मात्र सामुदायिक हस्पिटलको रुपमा सञ्चालित यस हस्पिटलमा मेडिकल अफिसर नियुक्तिसँगै स्थानीय सेवाग्राही र राजमार्गमा दैनिक जसो हुने दुर्घटनामा परेका घाइतेहरुको तत्काल उपचारको लागि सहज हुने मुग्लिन हाइवे हस्पिटलका अध्यक्ष रामबहादुर लामाले बताउनु भयो । २४ सै घन्टा इमरजेन्सी र एम्बलेन्स सेवासहित फार्मेसी, भिडियो एक्सरे, नर्मल एक्सरे, डेन्टल सेवासमेत उपलब्ध रहेको १५ शैयाको यस हस्पिटलमा मेडिकल अफिसरको नियुक्तीसँगै प्रसुती सेवासमेत उपलब्ध रहेको बताउनुहुँदै केही दिनपछि यस हस्पिटलले आँखा क्लिनिक सेवासमेत सञ्चालन गरिने अध्यक्ष लामाले जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>