अन्तर्राष्ट्रिय

८४ अर्ब डलर बढी सम्पत्तिसहित एलन मस्क बने विश्वकै चौथो धनाढ्य

Banner

काठमाडौँ, भदौं २-

विद्युतीय कार उत्पादक कम्पनी टेस्लाका सहसंस्थापक एलन मस्क विश्वकै टप १० जना मध्ये चौथों धनी ब्यक्ति बनेका छन्।

टेस्लाको सेयरमा ११ प्रतिशतले वृद्धि भएपछि एलन मस्कको सम्पत्ति पनि बढेको हो । कार कम्पनी टेस्लाको सेयर मूल्य बढ्दा एलन मस्कको कुल सम्पत्तिमा पनि ७.८ अर्ब डलर बढ्यो । ब्लुमबर्ग बिलेनियर इन्डेक्सका अनुसार एलन मस्कको कुल सम्पत्ति अब ८४.८ अर्ब डलर पुगेको छ । एलन मस्कको सम्पत्ति बढ्दा तीन नम्बरका धनाढ्य फेसबुकका संस्थापक मार्क जुकरबर्गभन्दा थोरै पछि मात्र रहेका छन्।

विद्युतीय गाडी निर्माता कम्पनी टेस्लाको सेयरमा सन् २०२० मा मात्रै ३३९ प्रतिशतले वृद्धि भइसकेको छ। यो वर्षमात्रै एलन मस्कको सम्पत्तिमा ५७.२ अरब डलर बढेकको छ।

एलन मस्क टेक वल्र्डका सबैभन्दा नयाँ अर्बपति हुन्, जसले विश्वका सबैभन्दा धनी मानिसको सूचीमा धेरैलाई पछि पार्दै लगातार श्रेणी उक्लिन सफल छन्।

एलन मस्को स्पेस एक्सप्लोरेसन टेक्नोलोजी कर्प र स्पेस एक्स कम्पनीले नै उनको भविष्य निर्धारण गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने अनुमान हुँदै आएको छ । कम्पनीलाई दुई अर्ब डलर फण्डिङ प्राप्त हुने अपेक्षा गरिएको छ। यसपछि कम्पनीको इक्विटी भ्यालुएसन ४६ अर्ब डलर पुग्नेछ।

एलन मस्क चार नम्बरमा उक्लिएसँगै केही समयअघि मात्र चार नम्बरको सूचीमा पुगेका भारतीय उद्योगपति मुकेश अम्बानी भने झरेर छैटौं नम्बरका धनाढ्य भएका छन्। उनको रिलायन्स इन्डस्ट्रिजको सेयर मूल्यमा आएको गिरावटका कारण मुकेश अम्बानीको सम्पत्ति थोरै घटेको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>