अन्तर्राष्ट्रिय
पृथ्वीमा अहिलेसम्मकै उच्च तापक्रम,५४ डिग्री सेन्टिग्रेट मापन
०

एजेन्सी,भदौं २ –
अमेरिकाको क्यालिफोर्नियास्थित डेथ भ्याली राष्ट्रिय निकुञ्जमा पृथ्वीमा हालसम्मकै उच्च तापक्रम मापन गरिएको छ। आइतबार त्यहाँको फरनेस क्रिकमा १३० डिग्री फरेनहाइट अर्थात् ५४.४ डिग्री सेन्टिग्रेड मापन गरिएको हो। उक्त तापक्रमलाई अमेरिकी राष्ट्रिय मौसम सेवाले प्रमाणित गर्ने भएको छ।
अमेरिकाको पश्चिमी तटमा आएको ताप लहरकै बीचमा उक्त तापक्रमले नयाँ कीर्तिमान बनाएको हो। त्यहाँ यस साता अझै तापक्रम बढ्ने अनुमान गरिएको छ। यही कारणले गर्दा शनिबार त्यहाँको बिजुली बिग्रिएर काम गर्न छाडेपछि क्यालिफोर्नियामा दुई दिनका लागि ब्ल्याकआउट नै गरिएको थियो।
यसअघि सन् २०१३ मै डेथ भ्यालीमा सर्वाधिक तापक्रम १२९.२ डिग्री फरेनहाइट अर्थात् ५४ डिग्री सेन्टिग्रेट मापन गरिएको थियो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























