देश/प्रदेश
चार ‘एमिकस क्युरी’ सिफारिस
०

काठमाडौँ, ३१ असारः
सर्वोच्च अदालतको आदेशअनुसार सम्पत्ति छानबिन आयोगविरुद्धको रिट निवेदनमा नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनले दुई/दुई जना एमिकस क्युरी (अदालतको सहयोगी) सिफारिस गरेको छ ।
नेपाल बार एसोसिएसनले पूर्वमहान्यायाधिवक्ता तथा वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की र वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईलाई एमिकस क्युरीमा पठाउने निर्णय गरेको छ भने सर्वोच्च अदालत बार एसोसिएसनले पूर्वमहान्यायाधिवक्ता तथा वरिष्ठ अधिवक्ता डा दिनमणि पोखरेल र अधिवक्ता रमण कर्णको नाम सिफारिस गरेको छ ।
सर्वोच्च अदालतले सम्पत्ति जाँचबुझ आयोगविरुद्ध परेको रिट निवेदनमा नेपाल बार र सर्वोच्च बारबाट एमिकस क्युरी झिकाउने आदेश गरेको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























