देश/प्रदेश
वाग्मती प्रदेशसभाका उच्च अधिकारीलाई कोरोना सङ्क्रमण
०

वाग्मती, भदौ १-
वाग्मती प्रदेशसभाका एक उच्च अधिकारी कोरोना सङ्क्रमित हुनुभएको छ । कीटजन्य रोग अनुसन्धान केन्द्रमा तीन दिनअघि सङ्कलन गरिएकोे उहाँको स्वाब परीक्षणको आजको रिपोर्ट पोजेटिभ देखिएको उहाँको सचिवालयले जनाएको छ ।
हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईँले पनि सोको पुष्टि गर्नुभयो । हेटाँैंडास्थित आफ्नै निवासमा उहाँ सेल्फ आइसोलेशनमा बस्नुभएको छ । कोरोना सङ्क्रमण पुष्टि भए पनि उहाँमा सामान्य रुघाखोकीबाहेक कुनै लक्षण नदेखिएको उहाँका स्वकीय सचिवले जनाएका छन् । उहाँसँंगै मकवानपुरमा आज १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जनाइएको छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























