गण्डकी
पोखरा महानगर आज रातिबाट सिल
पोखरा, भदौं १-
संक्रमितको संख्या बढेपछि पोखरा महानगर एक साताको लागि सिल हुने भएको छ ।
आइतबार महानगरमा बसेको सर्वदलीय बैठकले बढ्दो संक्रमितको दर कम गर्न एक साता लकडाउन गर्न सुझाएको थियो ।
पोखरा महानगरका मेयर मानबहालुर जीसीले एक हप्ताको लागि पूरै महानगर सिल हु्ने पुष्टि गर्नु भयो । अत्यावश्वक बाहेकका सबै सेवा ठप्पा पारिने उहाँले जानकारी दिनुभयो । ‘पूरै सिल गछौं । अत्यावश्यक बाहेकका सबै सेवा बन्द गछौं,’ उहाँले भन्नुभयो ।
मेयर जीसीका अनुसार सार्वजनिक सवारी ठप्प रहे पनि अत्यावश्यक सेवाका ढुवानी भने रोकिने छैन । राजीतिक दल सहितको छलफलमा संक्रमण दर कम गर्न लकडाउन गर्नुपर्ने सुझाव आएपछि सोमबार राति १२ बजेदेखि भदौ ८ गतेसम्म निषेधाज्ञासहितको लकडाउन गर्ने निर्णय गरिएको मेयर जिसीले जानकारी दिनुभयो ।
महानगरले लकडाउनको लागि जिल्ला प्रशासन कार्यालयमा सिफारिस गरि सकेको छ । जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले महानगरले गरेको सिफारिस आफूहरुकहाँ नआई पुगेको जानकारी दिनुभयो ।























