Breaking News

भरतपुर अस्पतालको आकस्मिक बाहेकका सेवा बन्द

Banner

चितवन, साउन ३२–

भरतपुर अस्पतालको आकस्मिक बाहेकका सेवा बन्द गरिएको छ ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्टलगायत चिकित्सक र स्वास्थ्यकर्मीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएपछि अस्पतालको आकस्मिक बाहेकका सेवा हालका लागि बन्द गरिएको हो ।

अस्पताल प्रशासनले आज एक विज्ञप्ती जारी गर्दे आज (आइतबार) साँझ ७ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि अन्य सेवाहरु बन्द गरिएको जनाएको छ । अस्पतालले जनरल ओपीडी सेवा बन्द गरी एकीकृत आकस्मिक सेवा मार्फत बिरामीमको उपचार गरिने जनाएको छ ।

यस्तै सघन कक्ष (आइसीयू) र प्रसुति गृह (मातृशिशु सेवा) मा पनि नयाँ सेवा बन्द गरिएको छ । त्यहाँ रहेका बिरामीलाई व्यवस्थापन गरी निर्मलीकरणका लागि नयाँ सेवा बन्द गरिएको अस्पतालले जनाएको छ ।

यस्तै आकस्मिक शल्यक्रिया गर्नुपर्ने बिरामीहरुको सेवा यथावत रहने अस्पतालले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>