Breaking News

चितवनमा अहिलेसम्म १९९ जनामा कोरोना संक्रमण, १३७ जनाको उपचार

Banner

चितवन, साउन ३२-

भरतपुर अस्पतालको कोरोना परीक्षण प्रयोगशालामा भएको परीक्षणमा अहिलेसम्म चितवनका १९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पतालले आइतबार जारी गरेको सूचनामा अस्पतालमा तीन हजार ५०० जनाको स्वाब संकलन गरी परीक्षण गरिएकोमा चितवनका १९९ जनामा कोरोना संक्रमण देखिएको हो । अस्पतालबाट अहिलेसम्म १३७ जनाले कोरोनाको उपचार गराएकोमा अहिले ४२ जनाले उपचाररत रहेको अस्पतालले जनाएको छ ।

त्यसैगरी अस्पताल प्रयोगशालाले १४ जिल्लाका १४ हजार ५०० भन्दा बढीको कोरोना परीक्षण गसिकेको सूचनामा जनाइएको छ । यो अवधिमा चितवन र कैलालीको गरी दुई जनाको मृत्यु भएको छ भने ९३ जनाभन्दा बढी घर फर्किसकेको अस्पतालले जनाएको छ । चितवनको १९९ जना संक्रमित मध्ये कालिका नगरपालिकाको ५ जना, रत्ननगर नगरपालिकाका ९ जना, माडी नगरपालिकाका ४१ जना, खैरहनी नगरपालिकाका १५ जना, इच्छाकामनाका १ जना र भरतपुरका १२१ जना रहेको अस्पतालले जनाएको छ । अस्पतालले जारी गरेको सूचनामा भरतपुर अस्पतालको मेडिकल सुपरिटेन्डेन्टसहित पाँच जना चिकित्सक र २ जना नर्समा कोरोना संक्रमण पुष्टि भएको उल्लेख छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>