देश/प्रदेश
नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा कार्यरत दुई डिआइजीमा कोरोना संक्रमण
०

काठमाडौँ साउन ३२-
नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा कार्यरत दुई जना उच्च प्रहरी अधिकृतमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । अस्पतालका दुई प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा संक्रमण भेटिएको हो ।
महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालका दुई जना डिआइजीमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी कुबेर कडायतका अनुसार दुई जना प्राविधिकतर्फका डिआइजीमा पनि संक्रमण देखिएको हो। अहिले उनीहरूको उपचार भइरहेको उनले जानकारी दिए।
बिहीबार अस्पतालका कर्मचारीहरूको कोरोना परीक्षण गर्न स्वाब निकालिएको थियो। उनीहरूको रिपोर्ट शनिबार बिहान आएको थियो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























