देश/प्रदेश

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

Banner

विराटनगर साउन, ३२-

कोरोना संक्रमित एक महिलाको धरानमा मृत्यु भएको छ ।

शनिबार विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा विराटनगर- २ तिनपैनीकी ५० वर्षीय महिलाको मृत्यु भएका हो ।

उनलाई श्वासप्रश्वासमा समस्या र ज्वरो आएपछि विराटनगरको न्यूरो अस्पतालले शनिबार राति धरान रेफर गरेको थियो । उनको राति करिब १२ स् ३० मा मृत्यु भएको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिए ।

फोक्सो, मुटुु र थाइरोइडको समस्या रहेकी महिलाको दिल्लीमा मुटुको उपचार पनि भएको थियो । पछिल्लो ४(५ दिनदेखि अत्यधिक ज्वरो आउने, खोकी लाग्ने तथा श्वास फेर्न समस्या भएपछि आफन्तले अस्पताल लगेका थिए ।

यससँगै विराटनगरमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>