चितवन विशेष

देवघाटमा एक सय ६० लिटर अवैध घरेलु मदिरा नष्ट

Banner

सुवास लामिछाने,

देवघाट, साउन ३०–

देवघाट गाउँपालिकामा एक सय ६० लिटर अवैध घरेलु मदिरा नष्ट गरिएको छ । लकडाउनको समयमा फरक–फरक मितिमा अवैध घरेलु मदिरा बरामद गरिएको प्रहरीले जनाएको छ ।

बरामद गरिएको अवैध घरेलु मदिरा आज (शुक्रबार) देवघाट गाउँपालिकाका प्रवक्ता एवंम् वडा नं. ५ का वडाध्यक्ष यालबहादुर गुरुङ, विभिन्न पार्टी प्रतिनिधि, पत्रकार र स्थानीयहरुको रोहबरमा नष्ट गरिएको इलाका प्रहरी कार्यालय देवघाट तनहुँका इन्चार्ज प्रहरी सहायक निरीक्षक उज्जवलराज चिलवालले जानकारी दिए ।

२० लिटरको ८ वटा ग्यालिनमा रहेको एक सय ६० लिटर अवैध घरेलु मदिरा देवघाट प्रहरी कार्यालय परिसरभित्र खाल्डो खनेर नष्ट गरिएको प्रहरी इन्चार्ज चिलवालले बताए । देवघाट क्षेत्र धार्मिक एवं ऐतिहासिक रुपमा परिचित क्षेत्र भएकाले मदिरा बेचबिखनमा कडाई गरिने गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>