स्वास्थ्य

निजी अस्पताललाई सरकारले भन्योः २० प्रतिशत श्यया कोरोनाका बिरामीका लागि छुट्याउनुहोस्

Banner

काठमाडौं, साउन ३०–

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को सङ्क्रमण बढिरहेकाले निजी अस्पताललाई पनि २० प्रतिशत श्यया कोभिड–१९ को व्यवस्थापनका लागि राख्न अनुरोध गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौं उपत्यकासहित देशभरि नै सङ्क्रमण बढिरहेकाले कोभिड–१९ का बिरामी राख्न निजी अस्पताललाई २० प्रतिशत श्ययाको व्यवस्थापन गर्न आग्रह गरिएको बताउनुभयो । अहिले काठमाडौँका शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, सिभिल अस्पताल, भक्तपुर अस्पताल र कीर्तिपुरस्थित आयुर्वेदिक अस्पताललाई कोभिड–१९ हब अस्पतालका रुपमा रहेका छन् ।

उहाँले कुनै पनि अस्पतालमा भर्ना भएका बिरामी कोभिड–१९ को सङ्क्रमण भएपछि हब अस्पतालको संयोजनमा सोही अस्पतालमा राखेर उपचार गर्नुपर्ने बताउनुभयो । नेपालमा अहिलेसम्म २५ हजार ५५१ जना सङ्क्रमित भइसकेका छन् । तीमध्ये १७ हजार ७७ जना निको भएर घर फर्किसकेका छन् भने ९९ जनाको मृत्यु भइसकेको छ । आज मात्र काठमाडौँ उपत्यकामा ११९ जनामा सङ्क्रमण देखिएको छ । काठमाडौँमा ८३, ललितपुरमा ३० र भक्तपुरमा छ जना छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>