देश/प्रदेश
देवघाटमा एक सय ६० लिटर अवैध घरेलु मदिरा नष्ट
०

सुवास लामिछाने
देवघाट तनहुँ ३०-
तनहुँ जिल्लाको देवघाट गाउँपालिकामा एक सय ६० लिटर अवैध घरेलु मदिरा नष्ट गरिएको छ ।
लकडाउनको समयमा फरक फरक मितिमा अवैध घरेलु मदिरा वरामद गरिएको प्रहरीले जनाएको छ ।
वरामद गरिएको अवैध घरेलु मदिरा आज देवघाट गाउँपालिका प्रवक्ता एवं ५ वडाअध्यक्ष याल बहादुर गुरुङ,विभिन्न पार्टी प्रतिनिधि,पत्रकार र स्थानियहरुको रोहवरमा नष्ट गरिएको ईलाका प्रहरी कार्यालय देवघाट तनहुँका ईन्चार्ज प्रहरी सहायक निरीक्षक उज्जवलराज चिलवालले जानकारी दिनुभयो ।
२० लिटरको ग्यालिनमा ८ ग्यालिन गरी एक सय ६० लिटर अवैध घरेलु मदिरा देवघाट प्रहरी कार्यालय परिसर भित्र खाल्डो खनेर नष्ट गरिएको प्रहरी ईन्चार्ज चिलवालले वताउनुभयो ।
देवघाट क्षेत्र धार्मिक एवं ऐतिहासिक रुपमा परिचित क्षेत्र भएकाले मदिरा वेचविखनमा कडाई गरिने गरिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























