अर्थ
सुनको भाउ तोलामा ८ सयले बढ्यो, चाँदीमा ६० रुपैयाँ वृद्धि
०

काठमाडौँ, साउन ३०
सुनको मूल्य शुक्रबार पनि बढेको छ। शुक्रबार सुन तोलामा ८ सय रुपैयाँले बढेर तोलाको ९८ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
बिहीबार सुन तोलामा २ हजार ४ सय रुपैयाँले बढेर तोलाको ९८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। यसैगरी चाँदीको मूल्य तोलामा ६० रुपैयाँले बढेर तोलाको १ हजार ३ सय ५५ रुपैयाँ रहेको छ।
बिहीबार चाँदी तोलामा ८५ रुपैयाँ बढेर तोलाको १ हजार २ सय ९५ रुपैयाँ पुगेको थियो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























