गण्डकी

कावासोती नगरपालिका १० दिनसम्म लकडाउन

Banner

ज्ञानु पंगेनी

नवलपुर, साउन २९

नवलपुरको कावासोती नगरपालिका भदौ ६ गते सम्मका लागि लकडाउन गरिएको छ ।

कावासोती नगरकार्यपालिकाको बिहीबारको दिउँसो २ बजेबाट लागू हुने गरी १० दिनसम्म लकडाउन गर्ने निर्णय गरेको हो ।

कावासोती नगरपालिका वडा नम्बर २ का एक जना पत्रकार र एक जना बैंकका कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि समुदायस्तरमा संक्रमण फैलिएको आशंकामा नगरपालिकालाई लकडाउन गरिएको कावासोती नगरपालिकाका प्रवक्ता खेमप्रसाद काफ्लेले जानकारी दिनुभयो । समुदायस्तरमा फिल्डमा खटिएका पत्रकारमा कोरोना देखिएपछि यहाँका नागरिक त्रसित बनेका छन् । संक्रमणको थप जोखिम उत्पन्न हुन नदिनका लागि लकडाउन गरिएको काफ्लेले बताउनुभयो ।

बैठकले लकडाउन गरेर पीसीआर जाँचलाई तीव्ररुपमा अगाडि बढाएर समुदायमा भाइरस फैलन नदिने निर्णय समेत गरेको छ । स्वास्थ्य सेवा र अन्य अत्यावश्यक सेवा सञ्चालन हुनेछ । लकडाउनको अवधिमा नगरक्षेत्रभित्र रहेका सबै सरकारी, अर्धसरकारी तथा गैरसरकारी सस्था, बैंक तथा वित्तीय संस्थाहरुको सेवा बन्द रहने तर, डिजिटल बैकिङ र एटिएम सेवा भने सञ्चालनमा रहने काफ्लेले जानकारी दिनुभयो । होटेल रेष्टुरेष्ट र पर्यटन व्यवसायसमेत बन्द रहने तर अन्य व्यवसाय भने खुला हुने जनाइएको छ ।  यस्तै नगरपालिकाभित्र अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने यदि मास्क प्रयोग नगरेको पाइएमा १०० रुपैयाँ जरिवाना लिने समेत नगरकार्यपालिकाको बैठकले निर्णय गरेको छ ।
नवलपुरको रजहर स्थित सामुदायिक प्राकृतिक चिकित्सायमा रहेको आइसोलेसनमा रहेका अधिकाशं संक्रमित निको भएर घर फर्किएको र क्वारेन्टाइन पनि खालि हुँदैगएपछि जिल्लामा समुदायस्तरमा कोरोना परीक्षण सुरु गरिएको थियो । जिल्लाका पत्रकार , बैँकका कर्मचारी, भीडभाड हुने पेट्रोल पम्प, सरकारी कार्यालयका कर्मचारीलगायतमा काम गर्ने कर्मचारीको पीसीआर परीक्षण गरिएको थियो । सोही क्रममा कावासोती २ का एक जना पत्रकार र बैँकका कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि समुदायमा पनि संक्रमण फैलिएको आशंका गरिएको छ ।

नवलपुरमा अहिलेसम्म ३३४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमध्य ३२७ जना उपचारपछि निको भएर घर फर्किएका छन् । ७ जना प्राकृतिक चिकित्सालय रजहरको आइसोलेसनमा उपचाररत रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख केशव प्रसाद चापागाईंले जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>