गण्डकी

विनयी त्रिवेणी गाउँपालिकाको दुई वडा सिल गरिँदै

Banner

ज्ञानु पंगेनी
नवलपुर, साउन २८

नवलपुरको विनयीत्रिवेणी गाउँपालिकाको वडा नम्बर १ र २ लाई सिल गरिने भएको छ ।

बुधबार बसेको विपत् व्यवस्थावन समितको बैठकले वडा नम्बर १ र २ लाई बिहीबार बिहान ७ बजेबाट अर्को सूचना नआएसम्मका लागि सिल गरेको गाउँपालिका अध्यक्ष डम्बरबहादुर जिसीले जानकारी दिनुभयो ।
अत्यावश्यकीय सेवा बाहेकका सबै बैँक, वित्तीय संघसंस्था सहकारी तथा अन्य सेवा बन्द गरिने अधयक्ष जिसीले बताउनुभयो । यस्तै अत्यावश्यक बाहेकका भीडभाडजन्य गतिविधि, चाडपर्व, भेला, सभा , सम्मेलन, गोेष्ठी नगर्ने नगराउने विपत् व्यवस्थावन समितिको बैठकले निर्णय गरेको छ ।
यसैगरी संक्रमित क्षेत्रबाट आएका व्यक्तिहरु साथै बाहिरबाट विभिन्न कलकारखाना तथा उद्योगमा काम गर्न आउने कामदार तथा अन्य व्यक्तिको पीसीआर जाँचको नेगेटिभ नतिजा अनिवार्य रुपमा लिएर मात्रै कामकाजमा लगाउनुपर्ने निर्णय गरिएको छ ।
अध्यक्ष जिसीका अनुसार गाउँपालिकाको वडा नम्बर २ स्थित सिजी सिमेण्ट कारखानामा कार्यरत वडा नम्बर १ मा डेरा गरी बस्ने बारा कलैयाका २६ वर्षका एक युवामा संक्रमण पुष्टि भएपछि समुदायमा कोरोना फैलिन सक्ने जोखिमलाई मध्यनजर गर्दै दुई वटा वडा सिल गरिएको हो ।
संक्रमित व्यक्ति जनै पूर्णिमा पर्व मनाउन घर गएका थिए । २० गते फर्किएका उनी उद्योगमा गएर साथीहरुसँग घुलमिल भएको र डेरामा आई टोलमा समेत घुलमिल भएको भन्ने स्थानीयले बताएपछि समुदायमा समेत पिसीआर परीक्षण गर्नुपर्ने भएकाले परीक्षणको थप संक्रमण फैलन सक्ने सम्भावना रोकथाम गर्न वडा शिल गरिएको हो । भरतपुरमा आइतबार संकलन भएको स्वावको नतिजामा बुधबार ती युवामा कोरोना पुष्टि भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>