Breaking News
सुनको मूल्यमा ऐतिहासिक गिरावट, आज तोलाको ९५ हजार ४०० रूपैयाँ

काठमाडौँ, साउन २८–
सुनको मूल्य एक्कासी घटेको छ। चार दिनयता क्रमिक ओरालो लागेको सुन बुधबार एकैदिन तोलामा ६ हजार २०० रूपैयाँ घट्दै तोलामा ९५ हजार ४ सय रुपैयाँमा आइपुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला एक लाख एक हजार ६ सय रहेको सुनको मूल्य बुधबार प्रतितोला ९५ हजार चार सय रुपैयाँमा झरेर कारोबार भइरहेको छ ।
नेपाली बजारमा सुनको मूल्यमा एकै दिन तोलामा ६ हजार दुई सय रुपैयाँको गिरावट भएको यो पहिलो घटना हो।
कोरोना महामारीपछि लगातार उकालो लागेको सुनको मूल्य पछिल्ला चार दिन यता घट्दै आएको छ।
तेजाबी सुनको मूल्य तोलामा ९४ हजार ९ सय कायम भएको छ । मंगलबार तेजाबी सुनकाे मूल्य ताेलाकाे एक लाख एक हजार एक सय रुपैयाँ थियाे।
नेपाली बजारमा चाँदी पनि एकै दिनमा तोलाको २ सय २५ रुपैयाँले घटेर बुधबार तोलाको १ हजार २ सय १२ रुपैयाँमा आइपुगेको छ। मंगलबार तोलामा ४० रुपैयाँले बढेर कारोबार मूल्य तोलाको १ हजार ४ सय ३५ रुपैयाँ पुगेको थियो।
























