बजार

सरकारले फेरि बन्द गर्‍यो रेष्टुरेन्ट तथा खाजा घर

Banner

काठमाडौं, साउन २७–

सरकारले पुनः रेष्टुरेण्ट तथा खाजा घरमा टेक अवे सेवा मात्र दिने निर्णय गरेको छ ।

साना–ठूला रेष्टुरेन्ट र खाजाघरमा खाजाघरमा सुरक्षा मापदण्ड नअपनाइएको र भीडभाड हुने गरेको पाइएको भन्दै सरकारले त्यस्ता रेस्टुरेन्ट र खाजाघरलाई टेक अवे सेवा मात्र दिने निर्णय गरेको हो ।

पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङका अनुसार अब होटेलस्थित रेष्टुरेन्ट र खाजा घरहरुले समेत मानिसलाई राखेर सेवा दिन पाउने छैनन् । सरकारले स्थानीय प्रशासनमार्फत यसको अनुमगन गर्ने र अटेरी गर्नेमाथि कारवाही गर्नेछ ।

सोमबारको मन्त्रिपरिषद बैठकको निर्णयपछि ठूला होटलहरु पनि थप १५ दिन बन्द अवस्थामा नै रहनेछन् । सरकारले लकडाउन खोल्ने निर्णय गरेसंगै रेष्टुरेण्टहरुमा भिड बढ्दै गएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>