चितवन विशेष
पत्रकार चौधरीमाथि आक्रमण गर्नेलाई कारवाही गर्न माग
०

चितवन, साउन २७–
कैलालीका पत्रकार गणेश चौधरीमाथि भएको सांघातिक आक्रमणको थारु पत्रकार संघ, नेपालले घोर भत्र्सना गरेको छ ।
संघका महासचिव सन्तकुमार चौधरीद्धारा मंगलबार जारी विज्ञप्तीमा घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाउँदै घटनामा संलग्न दोषीलाई कडा कारवाही गर्न माग गरिएको छ । संघका सल्लाहकार एवंम् कान्तिपुर दैनिकका टिकापुर संवाददाता चौधरीमाथि साउन २६ गते बेलुका समाचार संकलनका क्रममा स्थानीय पाँच जनाको समूहले आक्रमण गरेको थियो ।
पत्रकार चौधरीको नेपालगञ्जमा उपचार गरी घर लगिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























