इच्छकामना

चितवनको इच्छाकामनामा शिक्षकलाई सूचना प्रविधि तालिम

Banner

चितवन, साउन २७

चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा रहेको सर्वशान्ति माध्यमिक विद्यालयले शिक्षकहरुका लागि छ दिने सूचना सञ्चार प्रविधि तालिम सञ्चालन गरेको छ ।

तालिमको आइतबार इच्छाकामना गाउँपालिका शिक्षा शाखा प्रमुख दुर्गादेवी खड्काले उद्घाटन गरेको तालिम शुक्रबारसम्म चल्नेछ । शिक्षा शाखा प्रमुख खड्काले शिक्षण पेसालाई प्रभावकारी र औचित्यपूर्ण बनाउन शिक्षकहरुमा सूचना प्रविधिको ज्ञान सीप अपरिहार्य हुनुपर्ने अवस्था रहेको बताउनुभयो । उहाँले सिकेको ज्ञान सीपलाई व्यवहारमा लागू गर्नुपर्ने बताउनु हुँदै तालिमको सफलताको कामना गर्नुभयो ।
विद्यालयका प्रधानाध्यापक जोन खरेलले विद्यालय शिक्षालाई समयानुकूल प्रभावकारी बनाउन आन्तरिक शिक्षकहरुको सहजीकरणमा विद्यालयले निःशुल्क तालिम आयोजना गरिएको बताउनुभयो । सामाजिक दूरी कायम राख्दै आवश्यक सुरक्षा सतर्कताका साथ तालिम सञ्चालन गरिने उहाँले बताउनुभयो ।

तालिमका सहजकर्ता शिक्षक अर्जुनबहादुर खत्रीले तालिमको औचित्यबारे थप प्रकाश पार्नुभएको थियो । छ दिने यस तालिमले वर्तमान परिवेशमा शिक्षकको पेशागत विकास र प्रभावकारी शिक्षण सिकाइको लागि शिक्षकहरूलाई उत्प्रेरित गर्ने प्रशिक्षक खत्रीको विश्वास छ । शिक्षक अर्जुन बहादुर खत्री, इन्दिरा सापकोटा र कम्प्युटर शिक्षक रोशन सिलवाल प्रशिक्षक रहेको तालिममा माविदेखि प्रावि सम्मका २५ जना शिक्षक शिक्षिकाहरुको सहभागिता रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>