देश/प्रदेश
चौधरी फाउण्डेसनद्वारा कोरोनाको उपचारका लागि आठ भेन्टिलेटर सहयोग

काठमाडौँ, साउन २७-
चौधरी फाउण्डेसनले कोभिड–१९ का गम्भीर बिरामीका लागि अत्यावश्यक भेन्टिलेटर हस्तान्तरण गरेको छ ।
फाउण्डेसनका उपाध्यक्ष निर्वाण चौधरीले कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि चौथो चरणको सहयोग अन्तर्गत मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई ८ वटा भेन्टिलेटर हस्तान्तरण गर्नुभयो ।
कोभिड–१९ का गम्भीर बिरामीको संख्या वृद्धि भएसँगै अस्पतालमा सघन उपचार कक्ष र भेन्टिलेटरको अभाव भइरहेको छ । फाउण्डेसनले हस्तान्तरण गरेका भेन्टिलेटर प्रदेश–१, प्रदेश–२, वाग्मती र प्रदेश ५ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश सरकारसँगको समन्वयमा अस्पताललाई उपलब्ध गराउनेछ ।
भेन्टिलेटर हस्तान्तरण कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोनाका गम्भीर बिरामीको संख्या बढिरहेको अवस्थामा चौधरी फाउण्डेसनले अत्यावश्यक भेन्टिलेटर हस्तान्तरण गरी सहयोग पु¥याएकोमा धन्यवाद व्यक्त गर्नुभयो ।
‘फाउण्डेसनले मुलुकलाई अप्ठेरो अवस्थामा सधैं सहयोग पु¥याएको हाम्रो स्मरणमा रहेको छ,’ मन्त्री ढकालले भने ‘कोभिड(१९ पछि फाउण्डेसनले पीपीइ, पीसीआर रिएजेन्ट र अहिले भेन्टिलेटर सहयोग गरेको छ । महामारीको समयमा पु¥याएको यो सहयोग अतुलनीय छ ।’
फाउण्डेसनका उपाध्यक्ष तथा चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले कोरोनाका गम्भीर बिरामीलाई उपचारका लागि सहयोग गर्न फाउण्डेसनले भेण्टिलेटर हस्तान्तरण गरिएको बताए । उनले मुलुकमा अप्ठेरो र विपद्को समयमा फाउण्डेसनले सहयोग गर्दै आएको र थप सहयोगका लागि सधैं तत्पर रहेको उल्लेख गरे ।























