चितवन विशेष

मास्क नलगाई हिडडुल गर्नेलाई माडीमा धमाधम कारवाही

Banner

राकेश चौधरी

चितवन, साउन २७–

माडीमा मास्क नलाई हिडडुल गर्नेलाई प्रहरीले धमाधम कारवाही गर्न थालेको छ ।

बिना मास्क हिडडुल गर्नेलाई इलाका प्रहरी कार्यालय माडी र सशस्त्र प्रहरी बलको टिमले कारवाही गर्न थालेको हो । पहिलोपटक मास्क नलगाइ हिड्नेलाई एक सय रुपैयाँ र पटकपटक नियम उल्लंघन गर्नेलाई पाँच सय रुपैयाँसम्म जरिवाना तिराएर कारवाही गर्न थालिएको इलाका प्रहरी कार्यालय माडीका प्रमुख हर्कबहादुर विश्वकर्माले जानकारी दिनुभयो ।

प्रहरीको चेकजाँचलाई माडी नगरपालिका व्यवस्थापनले सहयोग गरेको छ । मास्क नलगाई हिडडुलाई कारवाही गर्नुको साथै निःशुल्क मास्क समेत वितरण गर्ने गरिएको छ ।

आज (मंगलबार) दिउँसोसम्ममा १० भन्दा बढी सवारी साधनमा मास्क नलगाई हिडडुल गर्नेलाई कारवाही गरिएको छ । यस कारवाही अभियानलाई निरन्तरता दिने प्रहरीले जनाएको छ । मास्क बिना हिड्दो कोरोना संक्रमण समेत बढ्ने भएकाले सचेतना अपनाउन पनि सबैमा आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>