देश/प्रदेश
अछामका एक पुरुषमा मृत्युपछि कोरोना पुष्टि
०

अछाम, साउन २७-
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएका अछामका एक व्यक्तिमा मृत्यु पछि कोरोना भाइरसको पुष्टि भएको छ।
अछामको चौरपाटी निवासी ५० वर्षीय लोकेन्द्र रावलको उपचारका क्रममा साउन २५ गते मृत्यु भएको थियो।
अस्पतालका उपनिर्देशक डा। दिनेश श्रेष्ठले जानकारी दिए।
‘मृत्यु हुनुभन्दा पहिले नै उहाँको स्वाब संकलन गरिसकिएको थियो,’ उपनिर्देशक श्रेष्ठले भने ‘साउन २६ गते बेलुकी अबेर उहाँको मृत्यु कोरोनाले गर्दा भएको पुष्टि भएको हो।’
साउन २० गते शिक्षण अस्पताल कोहलपुर गरिएका ती व्यक्ति हेपाटाइटिस ‘बी’ रोगबाट ग्रसित रहेको र पछि उनको कडा खालको निमोनियाले गर्दा मृत्यु भएको अस्पतालका उपनिर्देशक श्रेष्ठले जानकारी दिए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























