चितवन विशेष

सिसिएचएमले देवघाटका वृद्धवृद्धाहरुलाई खुवायो साँझको खाना

Banner

चितवन, साउन २४–

कलेज अफ कुलिनरी एण्ड हस्पिटालिटी म्यानेजमेन्ट (सि.सि.एच.एम) भरतपुरले आज (शनिबार) देवघाटको वृद्धाश्रममा रहेका वृद्धवृद्धाहरुलाई साँझको खाना खुवाएको छ ।

देवघाट समाज कल्याण केन्द्र वृद्धाश्रममा रहेका ३५ जना वृद्धवृद्धाहरुलाई शनिबार खाना खुवाइएको सि.सि.एच.एम भरतपुर लायन्सचोकका अध्यक्ष रविन्द्र वुढाथोकीले जानकारी दिनुभयो । यस किसिमको कार्यक्रम वार्षिक रुपमा सञ्चालन गर्ने तयारी गरिएको कार्यक्रम संयोजक सुमन अधिकारीले बताउनुभयो ।

यस्तै देवघाट गाउँपालिकामा रहेका मझौला र साना उद्योग सञ्चालन गरेका व्यवसायीहरुलाई निःशुल्क रुपमा तालीम प्रदान गरिने कलेज अफ कुलिनरी एण्ड हस्पिटालिटी म्यानेजमेन्टका कार्यक्रम संयोजक सुमन अधिकारीले जानकारी दिनुभयो ।

भरतपुर लायन्सचोकमा रहेको कलेज अफ कुलिनिरी एण्ड हस्पिटालिटी म्यानेजमेन्टले पर्यटन, होटल र रेष्टुरेण्ट सम्बन्धि तालीम प्रदान गर्दै आईरहेको छ । साथै तालीम पश्चात रोजगारी समेत प्रदान गर्दै आईरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>