देश/प्रदेश
रुपन्देहीमा कार दुर्घटना: तीन जनाको मृत्यु
०

रुपन्देही, साउन २४:
यहाँ कार दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।
रोहिणी गाउँपालिका–४ छिपागढमा लु२च ६७५६ नं को कार दुर्घटना हुँदा रुपन्देही ओमसतिया गाउँपालिकाका–४ का २६ वर्षीय देवेन्द्र चौधरी, कोटहीमाई गाउँपालिका–३ का २७ वर्षीय नसाप दर्जी र नवलपरासीको रामग्राम नगरपालिका–१२ का १२ वर्षीय प्रदीप ठाकुरको मृत्यु भएको प्रदेश नं ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।
गए राति कार अनियन्त्रित भइ पल्टिएपछि घाइते भएका तीनै जनाको भीम अस्पताल भैरहवामा उपचारका क्रममा मृत्यु भएको प्रहरीलेले जनाएको छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























