चितवन विशेष

कोरोनाबाट बच्न सरकारको मुख नताकौं, आफै सतर्क बनौंः सांसद श्रेष्ठ

०
Banner

चितवन, साउन २३–

वागमती प्रदेशका सांसद मिलनबाबु श्रेष्ठले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुनः बढ्दै गएकाले यसबाट बच्न सबैलाई स्वास्थ्य सावधानी अपनाएर सतर्क रहन आग्रह गर्नुभएको छ । भारतीय सिमानासंग जोडिएको माडी नगरपालिकामा कोभिड–१९ को संक्रमण समुदायमा फैलिने जोखिम बढी रहेकाले यसबाट सर्तक रहन उहाँले माडीबासीलाई आग्रह गर्नुभएको हो ।

‘माडी भारतको सीमाना हो’ उहाँले भन्नुभयो ‘सरकारको मुख हेरेर नबसौ, आफै सर्तक हुने हो ।’ कोरोना भाइरस दिनप्रतिदिन बढ्दै गएकाले यसको नियन्त्रणमा चुनौति थपिएको उहाँले बताउनुभयो । जनतालाई सर्तकता अपनाउन हर क्षेत्रबाट पहल आवश्यक देखिएको बताउनुभयो । कोरोना कहरको अवस्था विश्लेषण र बाढी प्रभावितलाई राहत लिएर माडी पुग्नु भएका सांसद श्रेष्ठले माडीको विकासका लागि आफू प्रतिवद्ध रहेको बताउनुभयो ।

पर्यापर्यटन र ऐतिहासिक धरोहर रहेको माडीको विकास र प्रवद्र्धनमा आफू र सिंगो काँग्रेस पाटी नै लागि परेको उहाँको भनाई छ । माडीका लागि बुनिएका विकासे योजनामा श्रेष्ठ सधै सहयोगी बन्न तयार हुनुभएको छ । सोही क्रममा सांसद श्रेष्ठले कर्णबहादुर घर्ती स्मृति प्रतिष्ठानको भवन निमार्णका लागि वाग्मती प्रदेशको तर्फबाट २० लाख रुपैयाँ छुट्याएको. जानकारी दिनुभयो । माडीबासीका लागि आयआर्जनका कार्यक्रम गर्न र सामाजिक संस्थाको रुपमा क्रियाशिल बनाउन प्रतिष्ठान सक्रिय बनेको छ ।

२०३७ सालमा पञ्च र तत्कालिन कम्युनिष्ट पार्टी मिलेर कर्णबहादुर घर्तीको हत्या गरिपछि ०६९ सालमा प्रतिष्ठानको स्थापना गरिएको प्रतिष्ठानका अध्यक्ष कुलबहादुर घर्तीले बताउनुभयो । प्रतिष्ठानलाई संविधानसभा सदस्य अञ्जनी श्रेष्ठले ५० हजार १ सय रुपैयाँ सहयोग गर्नुभएको छ । संस्थामा आफू जाँदा आर्थिक अभावमा पंखा जोड्न नसकेको प्रतिष्ठानका सदस्यले बताएपछि उक्त कार्यका लागि आफ्नो व्यक्तिगत तर्फबाट सहयोग गर्नुभएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>