चितवन विशेष

कोरोनाबाट बच्न सरकारको मुख नताकौं, आफै सतर्क बनौंः सांसद श्रेष्ठ

Banner

चितवन, साउन २३–

वागमती प्रदेशका सांसद मिलनबाबु श्रेष्ठले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुनः बढ्दै गएकाले यसबाट बच्न सबैलाई स्वास्थ्य सावधानी अपनाएर सतर्क रहन आग्रह गर्नुभएको छ । भारतीय सिमानासंग जोडिएको माडी नगरपालिकामा कोभिड–१९ को संक्रमण समुदायमा फैलिने जोखिम बढी रहेकाले यसबाट सर्तक रहन उहाँले माडीबासीलाई आग्रह गर्नुभएको हो ।

‘माडी भारतको सीमाना हो’ उहाँले भन्नुभयो ‘सरकारको मुख हेरेर नबसौ, आफै सर्तक हुने हो ।’ कोरोना भाइरस दिनप्रतिदिन बढ्दै गएकाले यसको नियन्त्रणमा चुनौति थपिएको उहाँले बताउनुभयो । जनतालाई सर्तकता अपनाउन हर क्षेत्रबाट पहल आवश्यक देखिएको बताउनुभयो । कोरोना कहरको अवस्था विश्लेषण र बाढी प्रभावितलाई राहत लिएर माडी पुग्नु भएका सांसद श्रेष्ठले माडीको विकासका लागि आफू प्रतिवद्ध रहेको बताउनुभयो ।

पर्यापर्यटन र ऐतिहासिक धरोहर रहेको माडीको विकास र प्रवद्र्धनमा आफू र सिंगो काँग्रेस पाटी नै लागि परेको उहाँको भनाई छ । माडीका लागि बुनिएका विकासे योजनामा श्रेष्ठ सधै सहयोगी बन्न तयार हुनुभएको छ । सोही क्रममा सांसद श्रेष्ठले कर्णबहादुर घर्ती स्मृति प्रतिष्ठानको भवन निमार्णका लागि वाग्मती प्रदेशको तर्फबाट २० लाख रुपैयाँ छुट्याएको. जानकारी दिनुभयो । माडीबासीका लागि आयआर्जनका कार्यक्रम गर्न र सामाजिक संस्थाको रुपमा क्रियाशिल बनाउन प्रतिष्ठान सक्रिय बनेको छ ।

२०३७ सालमा पञ्च र तत्कालिन कम्युनिष्ट पार्टी मिलेर कर्णबहादुर घर्तीको हत्या गरिपछि ०६९ सालमा प्रतिष्ठानको स्थापना गरिएको प्रतिष्ठानका अध्यक्ष कुलबहादुर घर्तीले बताउनुभयो । प्रतिष्ठानलाई संविधानसभा सदस्य अञ्जनी श्रेष्ठले ५० हजार १ सय रुपैयाँ सहयोग गर्नुभएको छ । संस्थामा आफू जाँदा आर्थिक अभावमा पंखा जोड्न नसकेको प्रतिष्ठानका सदस्यले बताएपछि उक्त कार्यका लागि आफ्नो व्यक्तिगत तर्फबाट सहयोग गर्नुभएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>