देश/प्रदेश

मुटुमा समस्यामा भएपछि रेशम चौधरी अस्पताल भर्ना

Banner

काठमाडौं, साउन २३–

कैलालीको टिकापुर घटनाका मुख्य आरोपी रेशम चौधरी अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि डिल्लीबजार कारागारमा रहेको उनलाई वीर अस्पताल भर्ना गरिएको हो ।

मुटु र खुट्टामा समस्या देखिएपछि चौधरीलाई अस्पताल भर्ना गरिएको डिल्लीबजार कारागारले जनाएको छ । टीकापुरमा थारु आन्दोलन उत्कर्षमा पुगेका वेला ७ भदौ ०७२ मा डेढ वर्षीय नाबालकसहित ८ जना सुरक्षाकर्मीको सामूहिक हत्या भएको थियो ।

घटनाका मुख्य आरोपित चौधरी लामो समय फरार थिए । उनले वारेसनामा मार्फत प्रतिनिधिसभाको निर्वाचनमा भाग लिएर भारी मतान्तरले विजयी भएका थिए । उनले लामो समयपछि सपथ ग्रहण पनि गरे । तर जेलमा रहेका कारण उनी निलम्बनमा छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>