देश/प्रदेश
सिरहामा पोखरीमा डुबेर बालकको मृत्यु
०

लाहान, साउन २२-
सिरहाको नरहा गाउँपालिका–५ अधिकारी टोलस्थित कमुतिया पोखरीमा डुबेर बिहीबार एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा नरहा गाउँपालिका–५ अधिकारी टोल बस्ने रामेश्वर शर्माका तीन वर्षीय छोरा राज शर्मा रहेका छन् ।
पोखरीमा नुहाउने क्रममा डुबेर सिकिस्त भएका बालक शर्मालाई स्थनीयवासीले उद्धार गरी उपचारका लागि स्थानीय स्वास्थ्य चौकीमा पु¥याएका थिए । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि चोहर्वातर्फ लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























