Breaking News

चितवनका होटल तथा राजमार्गमा विशेष निगरानी बढाइने

Banner

चितवन, साउन २२-

चितवनको इच्छाकामना गाउँपालिकाले राजमार्ग र होटलहरुमा विशेष निगरानी राख्ने भएको छ ।

गाउँपालिकाको कोरोना नियन्त्रण समितिको बिहीबार बसेको बैठकले सो निर्णय गरेको हो । यस गाउँपालिकामा पृथ्वी राजमार्ग पर्नुका साथै अति नै व्यस्त नारायणगढ–मुग्लिन सडक पनि पर्दछ त्यस्तै मुग्लिन, कुरिनटार जस्ता बजारी क्षेत्रहरु पनि पनि यसै गाउँपालिकामा पर्दछन् ।

गाउँपालिकाकी अध्यक्ष गीता गुरुङको अध्यक्षतामा बसेको नियन्त्रण समितिको बैठकले गाउँपालिकामा अहिलेसम्म कोही पनि कोरोना संक्रमित नदेखिएको भन्दै अझै जोगिनलाई केही रोकथामका निर्णयहरु गरेको छ ।

गाउँपालिकाकी अध्यक्ष गुरुङले माक्स नलगाई कुनै पनि व्यक्ति वा सवारी साधनलाई गाउँपालिकामा प्रवेश गर्न नदिइने नारायणी अनलाइनलाई बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रत्येक वाड र टोलटोलमा कोरोना नियन्त्रणको लागि समिति बनाएर नागरिकहरु परिचालन गरेका छौं । माक्स नलगाइ कोही हिड्न पाउने छैन । ’ उहाँले इच्छाकामनाका होटलहरुमा पनि विशेष निगरानी गर्ने बताउनुभयो । माक्स, स्यानिटाइजर र सामाजिक दूरी कायम गरेको नपाएमा तत्काल कारबाही गरिने वहाँले बताउनुभयो ।

गाउँपालिकाले प्रत्येक वडामा नियन्त्रण समितिको पनि गठन गरेको छ । गाउँपालिकाले कार्यालयमा सेवाग्राहीहरुको भीडभाड नहोस् भनेर हरेक दिन फरक फरक वाडलाई सेवा दिने भएको छ । त्यसैगरी गाउँपालिकाले कृषि उत्पादनको बिक्रीवितरणमा सुरक्षाका उपायहरु अपनाएर मात्र विक्री वितरण गर्न निर्देशन दिएको छ । जसको लागि गाउँपालिकाले कृषि शाखा प्रमुख आनन्द घिमिरेको संयोजकत्वमा एक समिति पनि गठन गरेको छ । त्यसैगरी गाउँपालिकाले संघीय, प्रदेश र जनस्वास्थ्य कार्यालयको समन्वयमा गाउँपालिकामा काम गर्ने व्यवसायी, कर्मचारी सबैको पीसीआर परीक्षण गर्ने योजना बनाएको गाउँपालिका अध्यक्ष गीता गुरुङले बताउनुभयो । उहाँले सुरुको लकडाउनको अवस्थामा जस्तै कडाइ फेरि सुरु गरिएको बताउनुभयो ।

 

फोटो : गीता गुरुङ

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>