वागमती

संघीय संसदका प्रवक्ता पाण्डेलाई पनि कोरोना संक्रमण

Banner

काठमाडौं, साउन २२–

पछिल्ला दिनहरुमा सांसददेखि मन्त्रीहरुलाई कोरोना संक्रमण देखिन थालेको छ ।

संघीय सांसदलाई समेत कोरोना पुष्टि गरिएको परीक्षणमा संघीय संसदका प्रवक्ता रोजनाथ पाण्डेलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

सांसदको सार्वजनिक लेखा समितिका सदस्य प्रदीप यादवसहितको संसदीय अनुगमन उपसमितिको टोली दुई साताअघि वन व्यवस्थापनबारे अनुगमन गर्न सिन्धुली हुँदै सुदूरपश्चिमसम्म गएको थियो ।

उक्त टोलीमा रहेका सांसद यादवलाई कोरोना संक्रमण पुष्टि भएपछि प्रवक्ता पाण्डेसहितका सचिवालयका ८ जना कर्मचारीमा पनि कोरोना परीक्षण गरिएको थियो । सो परीक्षणमा प्रवक्ता पाण्डेको रिपोर्ट पोजेटिभ आएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>