देश/प्रदेश

चिनियाँ दुतावासले भन्योः टेकु प्रयोगशालाको कोरोना रिपोर्ट मान्य हुँदैन

Banner

काठमाडौं, साउन २२–

नेपालमै पहिलोपटक कोरोना परीक्षण गरिएको प्रयोगशाला हो राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टुेक । यही प्रयोगशालामा गरिएको परीक्षणको आधारमा नेपालमा धमाधम कोरोना संक्रमित फेला परे । यस प्रयोगशालामा गरिएको परीक्षण भरपर्दो भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले निश्कर्ष निकाल्यो । यही आधारमा देशका विभिन्न स्थानमा प्रयोगशाला स्थापना गरी धमाधम कोरोना भाइरस परीक्षण पनि भइरहेको छ ।

तर चिनियाँ दूतावासले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामाथि प्रश्न उठाएको छ । आफ्ना नागरिकले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गराएर पेस गरेको पीसीआर रिपोर्ट अस्वीकार गरेको छ । नेपाली सेनाले चीनबाट खरिद गरेको बायो टेक सन सियोर कम्पनीको १ एमएलको भीटीएममा चिनियाँको स्वाब संकलन गरिएको थियो । स्वदेश फर्किन लागेका चिनियाँ नागरिकको पीसीआर गरिदिन भन्दै काठमाडौं महानगरपालिकाको वडा नं. २६ को कार्यालयले सिफारिस गरेपछि शुक्रबार इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोलीले ५९ जनाको स्वाब संकलन गरेको थियो ।

तर प्रयोगशालाले बुधबार दिएको रिपोर्ट दूतावासमा पेस गर्दा अस्वीकार भएको वडाध्यक्ष ख्यामराज तिवारीले बताए । डीसीडीका मेडिकल टेक्नोलोजिस्ट पौडेल सरकारी प्रयोगशालाको रिपोर्ट दूतावासले अस्वीकार गरेपछि बुधबार बेलुका फेरि स्वाब लिएकै होटलमा पुगेका थिए । ‘तर त्यहाँ स्टार अस्पतालका कर्मचारीले ३ एमएलको भीटीएममा उनीहरूको स्वाब लिइरहेका थिए,’ उनले भने ।

चिनियाँ दूतावासले राष्ट्रिय प्रयोगशालाबाहेक वीर, टिचिङ, पाटन, केएमसी र स्टार अस्पताल जहाँ पीसीआर गराएर रिपोर्ट ल्याए पनि मान्ने भनेपछि होटल व्यवसायीले छिटो रिपोर्ट लिन स्टार अस्पतालको प्रयोगशालामा पीसीआर गराएको वडाध्यक्ष तिवारीले बताएका छन्। चिनियाँहरू शुक्रबार चीन फर्कने तयारीमा छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>