देश/प्रदेश

समयमै अस्पताल पुर्याउन नसक्दा सुत्केरीको मृत्यु

Banner

जाजरकोट, साउन २०-

कुशे गाउँपालिका–५ बाटुलेकी २७ वर्षीया पशुपति पुनको सुत्केरी भएको छ घण्टापछि मृत्यु भएको छ । सोमबार बिहान छोरा जन्माएकी उहाँको सालनाल खस्न ढिलो हुँदा ज्यान गएको हो । बिहान ४ बजे सुत्केरी भएकी उहाँलाई ढिलो गरी स्थानीय मेडिकलमा ल्याएर सालनाल निकालिएको थियो । सालनाल निकालेलगत्तै बेहोस भएपछि उहाँको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक किशोरकुमार श्रेष्ठले बताउनुभयो ।

पुनले यसअघि दुई छोरीलाई जन्म दिएको प्रहरीले बताएको छ । शारीरिक अवस्था कमजोर र शरीरमा रगतको कमी भएका कारण उहाँको मृत्यु भएको श्रीमान् अमृत पुनले बताउनुभयो । उहाँका अनुसार नवजात शिशुको अवस्था भने सामान्य छ ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>