देश/प्रदेश
कैलालीमा रिपोर्ट नआउँदै घर पुगेका ४४ जनामा देखियो कोरोना संक्रमण
०

कैलाली, साउन १९–
कैलालीमा रिपोर्ट नआउँदै घर पुगेका ४४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । सोमबार थपिएका ४५ जना मध्ये एक जना मात्रै अस्पतालमा उपचाररत छन् ।
जिल्ला स्वास्थ्य कार्यालय कैलालीका अनुसार सोमबार गोदावरी नगरपालिकाका ४२, गौरीगंगा नगरपालिकाका २ र टीकापुर नगरपालिकाका १ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।
टीकापुरका एक जनाबाहेक अन्य स्थानीय तहका संक्रमितलाई साउन ११ गते स्वाब संकलन गरेर क्वारेन्टिनबाट घर पठाएको पाइएको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले बताउनुभयो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























