देश/प्रदेश

कोरोनाले भारतमा २५ जना नेपालीको मृत्यु

Banner

काठमाडौं, साउन १८–

छिमेकी मुलुक भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुने नेपालीको संख्या बढ्दै गएको छ । कोरोनाबाट भारत मात्रै २५ जनाको मृत्यु भएको गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले जनाएको छ । समितिका अनुसार विश्वभर यो साता थप २८ जना नेपालीको ज्यान गएको पुष्टि भएको छ ।

भारतमा तीव्र गतिमा फैलिरहेको संक्रमणका कारण नेपाली पनि प्रभावित भएको र उनीको मृत्युको दर पनि बढिरहेको समितिका संयोजक डा. संजीव सापकोटाले बताए । भारतको महाराष्ट्रमा रहेका नेपालीहरु बढी प्रभावित छन् ।”

यस्तै यही साता साउथ अफ्रिकामा पहिलो पटक एक नेपालीको मृत्यु भएको छ । यस्तै साउदी अरबमा २ जनाको संक्रमणकै कारण ज्यान गएको छ ।

योसँगै संक्रमणका कारण विदेशमा मात्र १ सय ८९ जना नेपालीको मृत्यु भएको छ । शनिवार साँझ सम्म नेपालका ५६ सहित विश्वभर २ सय ४५ जना नेपालीको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>