कर्पोरेट

नारायणगढमा ज्योति इन्सुरेन्सको अन्तरक्रिया

Banner

चितवन, साउन १७

नारायणगढको कमलनगरमा आज ज्योति लाइफ इन्सुरेन्सले अभिकर्ताहरुसँग वृहत् अन्तरक्रिया गरेको छ ।

ज्योति इन्सुरेन्स नारायणगढ शाखाले गरेको कार्यक्रममा चितवनका १०० जना अभिकर्ताहरुको सहभागिता रहेको थियो । कार्यक्रममा ज्योति लाइफ इन्सुरेन्सका क्षेत्रीय बिक्री प्रबन्धक ईश्वरविकल सापकोटाले अभिकर्ताहरुलाई बिक्री कलाको बारेमा प्रशिक्षण दिनुभएको थियो ।

नारायणगढ शाखा प्रबन्धक सिद्धि श्रेष्ठले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा टाँडी र कावासोतीका शाखा प्रवन्धकहरु विपन श्रेष्ठ र निषेध भट्टराईले मन्तव्य राख्नु भएको थियो । स्थापना भएको तीन वर्षमा नै नेपालको उत्कृष्ट सात नम्बरमा पर्न गएको ज्योति लाइफ इन्सुरेन्सको चितवनमा ३०० अभिकर्तासहित एक हजार ५०० बढी नागरिकले सेवा लिइरहेको क्षेत्रीय बिक्री प्रबन्धक ईश्वरविकल सापकोटाले जानकारी दिनुभयो । कार्यक्रमलाई नारायणगढ शाखाका बिक्री अधिकृत सञ्जय पुडासैनीले सहजीकरण गर्नुभएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>