देश/प्रदेश

इनफ इज इनफका प्रदर्शनकारीमाथि बालुवाटारमा प्रहरीको धरपकड

Banner

काठमाडौँ — प्रधानमन्त्री निवास बालुवाटरअघि शान्तिपूर्ण प्रदर्शनमाथि प्रहरीले धरपकड गरेको छ । कोरोना रोकथाममा सरकारले लापरबाही गरेको, भ्रष्टाचार गरिएको र पर्याप्त मात्रामा पीसीआर परीक्षण नगरिएको भन्दै ‘इनफ इज इनफ’अभियानले विरोध प्रदर्शन गरेको हो । प्रहरीले बालुवाटार तथा भाटभटेनी क्षेत्रबाट युवाहरुलाई नियन्त्रणमा लिएको हो ।

अभियानका सदस्यहरु सरकारको लापरबाही विरुद्ध अनसनसमेत बसिरहेका छन् । सूचनाको हकसम्बन्धि निवेदन दिन सिंहदरबार पुगेका अभियन्ताहरुलाई पनि बुधबार प्रहरीले पक्राउ गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>