देश/प्रदेश
वीरगञ्जका मेयर सरावगीलाई पनि कोरोना संक्रमण
०

वीरगञ्ज, साउन १५–
वीरगञ्ज महानगरपालिका प्रमुख विजयकुमार सरावगीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
काठमाडौंमा गरिएको स्वाब परीक्षणमा सरावगीलाई कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु स्वास्थ्य परीक्षणका लागि काठमाडौं पुगेका थिए । अन्य स्वास्थ्य परीक्षण गराउन पुगेका सरावगीको पनि कोरोना परीक्षण गरिएको थियो । स्वाब परीक्षण रिपोर्ट पोजेटिभ आएको मेयर सरावगीले जानकारी दिए । उनको अहिले काठमाडौंकै एक हस्पिटलमा उपचार भइरहेको छ ।
कोरोना संक्रमणलाई जितेर पुनः नगरबासीको सेवामा फर्किने समेत मेयर सरावगीले बताए । पछिल्लो समय वीरगञ्जमा समुदायस्तरमै कोरोना संक्रमण फैलिएको मानिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























