क्रिकेट

सीपीएल खेल्न सन्दीप लामिछाने ट्रिनिडाड एण्ड टोबागो प्रस्थान

Banner

काठमाडौं, साउन १५–

नेपाली लेग स्पिनर सन्दीप लामिछाने आज (बिहीबार) क्यारेबियन प्रिमियर लिग (सीपीएल) का लागि ट्रिनिडाड एण्ड टोबागो प्रस्थान भएका छन् । लामिछाने त्यहाँ पुगेपछि १४ दिन क्वारेन्टिनमा बस्नेछन् ।

सन्दीप १० बजे कोरियन एयरमार्फत अमेरिका हुँदै अगस्ट १ मा टोबागो पुग्ने छन् ।

सीपीएल टीम जमैका तल्लावाजबाट यो सिजनमा सन्दीप मैदान उत्रिनेछन् । जसका लागि उनले १ करोड ३० लाख रुपैयाँ पारिश्रमिक पाउनेछन् ।

सीपीएलमा सहभागी हुनु अगाडि नेपालमा उनले मंगलबार कोरोना परिक्षण गराएका थिए । सानेपास्थित स्टार अस्पतालमा कोरोना जाँच गराएका सन्दीपको रिपोर्ट नेगेटिभ आएसँगै आज उनी त्यसतर्फ प्रस्थान गरेका हुन् ।

सन्दीप यो वर्षको सीपीएल जमैका तल्लावाजबाट खेल्नेछन् । अगस्ट १८ बाट सेप्टेम्बर १० सम्म हुने सीपीएलमा जमैकासँगै बार्बेडोस् ट्रिडेन्ट्स, ट्रिनबागो नाइट राइडर्स, गुएना अमेजन वारियर्स, सेन्ट लुसिया जौउक्स र सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्सले प्रतिस्पर्धा गर्नेछन् ।

सीपीएलमा कुल ३३ खेल हुने छन्। कारोना भाइरसका कारण ती सबै खेल बिना दर्शक खेलाइने छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>