Breaking News

बुधबारदेखि बजारमा १४.२ केजीकै पूरा सिलिन्डर पठाइने

०
Banner

काठमाडौँ, ३० असारः

नेपाल आयल निगमले भोलि बुधबारदेखि देशभर साविककै १४.२ केजीको पूरा ग्यास सिलिन्डर बिक्री वितरण गर्ने निर्णय गरेको छ।

इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट एलपी ग्यासको आयात र आपूर्ति प्रणाली सहज भएसँगै निगमले पूरा सिलिन्डर बजारमा पठाउन लागेको हो।

मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै निगमका प्रवक्ताले नयाँ व्यवस्था लागू भएसँगै अब उपभोक्ताले १४.२ केजीको पूरा ग्यास सिलिन्डर २ हजार ६० रुपैयाँमा खरिद गर्न पाउने जानकारी दिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>