देश/प्रदेश

गैँडाकोटको मौलाकालिका मन्दिरमा वृक्षरोपण

Banner

चितवन, साउन १०

लायन्स क्लब अफ चितवन चौतारीले मौलाकालिका मन्दिर गैँडाकोट परिसरमा वृक्षरोपण गरेको छ ।

क्लबले विभिन्न औषधीय प्रजातिका १६० विरुवा रोपेको हो । वृक्षरोपण कार्यक्रमको उद्घाटन गर्दै गैँडाकोट नगरपालिका वडा नं १ का अध्यक्ष हरिप्रसाद सापकोटाले बिरुवा रोपेर मात्र कर्तव्य पूरा नहुने भन्दै ती विरुवा हुर्काउन पनि उतिकै ध्यान दिन जरुरी भएको बताए ।
वडा अध्यक्ष सापकोटाले रहरले विरुवा रोप्ने तर स्याहार सुसार नगर्ने प्रवृत्तिले गर्दा रोपिएका बिरुवा हुर्कन नसकेको तर्फ सबैको ध्यानाकर्षण गराएका थिए । रोपिएका सबै विरुवाहरु औषधीय गुणका भएकाले यी बिरुवाको अझ महत्व रहेको उनको कथन थियो । उनले आज रोपिएका विरुवाको संरक्षण हुनेमा आफू आशावादी भएको बताए ।

कार्यक्रममा मौलाकालिका सामुदायिक वन उपभोक्ता समिति गैँडाकोटका अध्यक्ष काशीराम कँडेल, धार्मिक सेवा समिति मौलाकालिकाका अध्यक्ष शालिकराम सापकोटा तथा डीडीआरएफ गैँडाकोटका अध्यक्ष प्रकाश सापकोटालगायतले वृक्षरोपण र यसका महत्वका बारेमा प्रकाश पारेका थिए ।

लायन्स क्लब अफ चितवन चौतारीको आयोजनामा भएको वृक्षरोपण कार्यलाई डीडीआरएफ गैँडाकोट, मौलाकालिका सामुदायिक वन उपभोक्ता समिति गैँडाकोटका, धार्मिक सेवा समिति मौलाकालिका मन्दिराले सहयोग पु¥याएका थिए ।
लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ ले आजै डिष्ट्रिक भरी ११ हजार १११ बिरुवा रोप्ने कार्यक्रमअन्र्तगत चितवन चौतारीले वृक्षरोपण कार्यक्रम गरेको जनाएको छ ।

आज रक्तचन्दन, कपुर, हर्रो, बर्रो, अमला, दालचिनी, चिराइतो, रुदाक्ष, लप्सीलगायतका बिरुवाहरु रहेको कार्यक्रम संयोजक विनोद पन्तले जानकारी दिए । प्रति सदस्यले आठ वटा विरुवाको संरक्षण गर्ने गरी सदस्यहरुलाई जिम्मा लगाइएको छ । कार्यक्रम लायन्स क्लब अफ चितवन चौतारीका अध्यक्ष डा. गंगा सापकोटाको अध्यक्षतामा भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>