चितवन विशेष

जन्मदिनमा मन्त्री लामाद्धारा बृक्षारोपण

Banner

चितवन,साउन ९-

बागमती प्रदेशका भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले आफ्नो जन्मदिनको अवसर पारेर बृक्षारोपण गरेका छन् । उनले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत राप्ती नगरपालिका ४ भवानीपुरमा रहेको उर्गेन छोइलिङ गुम्बामा बृक्षारोपण गरेका हुन् ।

सो अवसरमा विभिन्न जातका फलफुलका विरुवा वृक्षारोपण गरिएको थियो । आफ्नो प्रदेशमा फलफुलको विरुवा रोप्ने अभियान सुरु गरेका मन्त्री लामाले हरेक क्षेत्रमा फल दिने विरुवा रोप्नुपर्ने बताए ।

उनले सो क्षेत्रमा ड्रागन फुड रोप्ने तयारी समेत गरेको जानकारी दिए । फलफुलमा मात्रै आत्मनिर्भर बन्न सके करोडौं रकम विदेश जानबाट रोकिने उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>