चितवन विशेष

चितवन राष्ट्रिय निकुञ्जका सैनिकको कुटपिटबाट युवकको मृत्यु, सेना भन्छ – छानबिन सुरु भैसक्यो

Banner

काठमाडौँ, साउन ९ –

चितवन राष्ट्रिय निकुञ्जका सैनिकको कुटपिटबाट राजकुमार चेपाङको मृत्यु भएको छ ।

नेपाली सेनाले चितवन राष्ट्रिय निकुञ्जमा सैनिकको कुटाईबाट एक जनाको मृत्यु भएको घटनाका सम्बन्धमा ध्यानाकर्षण भएको जनाउँदै घटनाबारे छानबिन सुरु भइसकेको जानकारी दिएको छ ।

चितवनको राप्ती नगरपालिका २ मिलन टोलका २४ वर्षीय चेपाङको सेनाको कुटपिटबाट बुधबार मृत्यु भएको पीडित परिवारले बताएका छन्।

सेनाले एक विज्ञप्ति जारी गर्दै घटनाबारे आन्तरिक छानबिन सुरु गरिसकेको जानकारी दिएको हो ।

सेनाले अधिकारप्राप्त सरकारी निकायहरुले गरिरहेको विस्तृत छानबिनमा पूर्ण सहयोग गर्ने विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

‘नेपाली सेना नेपाल सरकारको कार्यादेशअनुसार जिम्मेवारीपूर्ण ढंगले प्रकृति संरक्षण कार्य सम्पादन गर्न प्रतिबद्ध रहेको छ’ सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मृतक युवकका बुबा विष्णुलाल चेपाङले घटनाको छानबिन गरी दोषीमाथि कारबाहीको माग गर्दै स्थानीय प्रशासनमा उजुरी गरेका छन् ।

युवकको शव हाल भरतपुरस्थित पुरानो मेडिकल कलेजमा राखिएको छ। दोषीमाथि कारबाही नभएसम्म शव नबुझ्ने अडान आफन्तले लिएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>