अर्थ

१ हजारको नोटमा चिटिक्क चितवन निकुञ्जका राम र लक्ष्मण

Banner

काठमाडौं, साउन ६-

नेपाल राष्ट्र बैंकले निष्कासन गरेको १००० दरको नोटमा दुईवटा हात्तिको चित्र छन् ।

राष्ट्र बैंकले २६ अर्ब रुपैयाँ बराबरको एक हजार रुपैयाँको नयाँ नोट बुधबार देखि बजारमा पठाएको छ ।

राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको रु एक हजारको नोटमा राखिएको लक्ष्मण र राम अहिले चितवन राष्ट्रिय निकुञ्जको कसरा हात्तीसारमा छन् ।

बुधबार बजारमा पठाइएका नयाँ नोटहरुमा सुरक्षा विशेषता अन्य यथावत रहे पनि हात्तीको संख्या भने थपिएको छ । पहिले एक हजारको नोटमा एउटा मात्रै हात्ति हुने गरेकोमा अब जुम्ल्याहा हात्ती नयाँ नोटमा हुनेछन् ।

साउन महिनाको ७ गतेदेखि संचालनमा आएको नोटको बायातर्फ सगरमाथाको चित्र छ ।

तत्कालीन गभर्नर डा. चिरञ्जीवि नेपालकै पालामा यो नोट छपाईको कार्य भएकाले नयाँ नोटमा पनि नेपालको हस्ताक्षर छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>