गण्डकी

स्याङ्जाका सुकबहादुरले हँसियाले अण्डकोष काटेर झोलामा हाले

Banner

स्याङ्जा, साउन ८-

पुतलीबजार नगरपालिका–२ काभ्रे निवासी ४५ वर्षीय सुकबहादुर गुरुङले बुधबार साँझ आफनै अण्डकोष काटेका छन्।

घाँस काट्ने हाँसी प्रयोग गरेर आफैंले अण्डकोष काटी चुडिएको अवस्थामा उपचारका लागि अस्पतालमा ल्याएको प्रहरी नायब उपरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए। जिल्ला अस्पताल स्याङजामा केही उपचारपछि पोखरा रिफर गरिएको उपचारमा संलग्न डा. आषिश बस्ताकोटीले बताए। उनले भने ‘उनीसँगै प्लास्टिकको झोलामा अण्डकोष राखेर ल्याइएको थियो। रगत थामिने केही उपचार गरेर पोखरा रिफर गर्‍यौं।’

मानसिक सन्तुलन ठिक नरहेको पारिवारिक स्रोतले जनाएको छ। आमा, बुवा, दाजु, भाउजुसहित संयुक्त परिवारमा बस्दै आएका उनका १२ वर्षीया एक छोरी छन् भने पत्नी ६ र ७ वर्षअघि दोश्रो विहे गरेर गएको प्रहरी प्रवक्ता समेत रहेका अधिकारीको भनाइ छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>