नवलपुर

प्राकृतिक चिकित्सालयबाट एकैदिन ६३ जना कोरोना संक्रमित डिस्चार्ज

०
Banner

नवलपुर, साउन ७–

नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) को देवचुली नगरपालिकाको रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयमा उपचाररत ६३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । पोखरास्थित प्रयोगशालामा गरिएको परीक्षणमा नेगेटिभ आएका ६३ जना एकैदिन डिस्चार्ज भएका हुन् ।

डिस्चार्ज हुनेमा नवलपुरका ८ वटै स्थानीय तहका ५ महिला र ५८ पुरुष रहेका छन् । जस मध्ये देवचुली नगरपालिकाका ९, गैंडाकोट नगरपालिकाका १३, कावासोती नगरपालिकाका ९, मध्यविन्दु नगरपालिकाका ९, बुलिड्डटार गाउँपालिकाका १२, बौदिकाली गाउँपालिकाका ४, हुप्सेकोट गाउँपालिकाका ५ र विनियी त्रिवेणी गाउँपालिकाका २ जना रहेको सामुदायिक प्राकृतिक चिकित्सालयका व्यवस्थापक हरि सापकोटाले जानकारी दिए ।

उनका अनुसार चिकित्सालयबाट कोरोना मुक्त भई २ सय १२ जना डिस्चार्ज भईसकेका छन् । हाल ७८ जना संक्रमित अस्पतालमा उपचारत रहेको सापकोटाले बताए । केही संक्रमितको केहीदिनमै पुनः परीक्षण गरिने उनले बताए ।

चिकित्सालयका चिकित्सक विनोद पौडेलले नेगेटिभ रिपोर्ट आएका संक्रमितको नाम वाचन गर्दा उनीहरु खुशीले नाचेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>